धरान : बीपी कोइराला स्वास्थ्य विज्ञानको कोभिड १९ अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिराहाको भदैया ६ निवासी ८४ वर्षीय वृद्ध पुरुषको गए राति ११ः२० बजे मृत्यु भएको हो ।

उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा भदौ ६ गते भर्ना भएका थिए । त्यस पछि उनलाई प्रतिष्ठानकै मेडिसिन वार्डमा भर्ना गरिएको थियो । उनमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको कारण कोरोना आशङ्का गरी कोरोना परीक्षण गर्दा उनमा भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलाको दिर्घरोगी रहेको बताइएको छ ।

मृतक प्रदेश २ का भएकोले अहिले शव व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।  यो सँगै बीपीमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।