धरान : धरानमा आज बिहान थप ३ जना नेपाली सेना सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज कोरोना सङ्क्रमण हुनेहरूमा धरान १७ एन्फा क्वारेनटाइनमा खटिएका नेपाली सेनाका २६,२५ र २७ वर्षीय ३ जना नेपाली सेना र एक जना धरान १७ निवासी ३९ बर्षीया महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कबाट स्वाब लिइएको २ जना १ जना १० बर्षीया बालिका र अर्को १७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूको कनट्र्याक्ट ट्रेसिङ जारी रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।