इटहरी : इटहरीमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२०७७/०५/०९ गते स्वाब सङ्कलन गरिएकाहरू मध्ये थप ९ जनामा सङ्क्रमण पुष्टि भएकाे इटहरी उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।

आज सङ्क्रमित हुनेहरूमा इटहरी-४ का ३ जना (२२ र ५२ वर्षीय महिला र ३० वर्षीय पुरुष) ,इटहरी-५ का १ जना (१४ वर्षीय बालीका), इटहरी-७ का १ जना (३५ वर्षीय पुरुष), इटहरी-१४ का १ जना (२६ वर्षीय पुरुष) , इलाका प्रहरी कार्यालय इटहरीका २ जना पुरुष र सशस्त्र प्रहरी पकलीका १ जना पुरुष रहेकाे भट्टराईले जानकारी दिएका छन् ।
इटहरीमा जम्मा सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।