धरान : सुनसरीमा आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका नयाँ कोरोना सङ्क्रमितमा धरानमा आज बिहान थप ३ जना नेपाली सेना सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज कोरोना सङ्क्रमण हुनेहरूमा धरान १७ एन्फा क्वारेनटाइनमा खटिएका नेपाली सेनाका २६,२५ र २७ वर्षीय ३ जना नेपाली सेना र एक जना धरान १७ निवासी ३९ बर्षीया महिला र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कबाट स्वाब लिइएको २ जना १ जना १० बर्षीया बालिका र अर्को १७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी इटहरी उपमहानगरपालिकामा आज थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सङ्क्रमित हुनेहरूमा इटहरी ४ का ३ जना २२ र ५२ वर्षीय महिला र ३० वर्षीय पुरुष ,इटहरी ५ का १ जना १४ वर्षीय बालीका, इटहरी ७ का १ जना ३५ वर्षीय पुरुष, इटहरी १४ का १ जना, २६ वर्षीय पुरुष , इलाका प्रहरी कार्यालय इटहरीका २ जना पुरुष र सशस्त्र प्रहरी पकलीका १ जना पुरुष रहेका छन् । यो सँगै इटहरीमा जम्मा सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।

यसै गरी आज नै दुहबी नगरपालिकामा पनि थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सुनसरीमा आज सम्म ६ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ सय ५० जना निको भएका छन् । ३ सय ४९ जना सक्रिय संक्रमित रहेको र सुनसरीमा ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।