पथरी : पथरी शनिश्चरेका एक जनाको कोरोना सङ्क्रमितको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको छ ।

मृत्युपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

नगरको वडा नं. २ का ६५ वर्षका पुरुषको उपचारका क्रममा निधन भएको हो । उनी उपचारका लागि १० दिन अगाडी न्युरो गएको र उनको आज मृत्यु भएको आचार्यले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएपछि ती व्यक्तिको निधन कोरोनाकै कारण भएको हो अथवा अन्य रोगले हो भन्ने यकिन नभएको आचार्यले जनाए ।

आज नै पथरी क्वारेनटाइनका ४ जना र समुदायका ३ जना गरी थप ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । नगरले सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।