धरान : प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, सङ्खुवासभामा २, प्रदेश १ बाहिरका २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४२ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा सङ्क्रमण देखिएको छ । सुनसरीको दुहबीमा १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, सङ्खुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ११ पुगेको छ । प्रदेश १ मा कोरोना सङ्क्रमणबाट आज सम्म मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । उनीहरू सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । हाल सम्म १ हजार ५ सय ३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८७ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।