झापा : झापाको कनकाई नगरपालिकामा थ्रेसर मेसिनमा परेर एक व्यक्तिको मृत्यु भएको छ ।

चलिरहेको थ्रेसर मेसिनमा टाउको परेर आइतबार दिउँसो कनकाई नगरपालिका–२ सुरुङ्गा निवासी २३ वर्षीय ट्याक्टर चालक विकास लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

झापा प्रहरी प्रमुख प्रसाईँका अनुसार कनकाई २ सुरुङ्गामा स्थानीय हरि कार्कीको गाइ गोठमा च्याउ रोप्नका लागि पराल काट्न थ्रेसर मेसिन चलिरहेको बेला थ्रेसरको अचानक नट बल्टु खुस्किएर थ्रेसर माथि बसिरहेका विकासको टाउको थ्रेसर मेसिनमा परेको बताइएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।