मोरङ : मोरङ बेलबारी-८ बस्ने २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।