धरान : आज सुनसरीमा २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा धरानका हिजो साँझ कोरोना सङ्क्रमण पुष्टि भएका सहित १९ जना, इनरुवामा १ जना, दुहबीका १ जना र कोसी गाउँपालिकाका ३ जना गरी जम्मा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।