धरान : प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनलाई साेमबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिन यता होम आइसोलेसनमा थिए ।

‘मेरो रिपोर्ट पोजेटिभ आयो ।’ घिमिरेले भने ‘ कोरोनासँग जुध्दा जुध्दै संक्रमित हुनुपर्‍यो ।’

घिमिरे प्रदेश १ मा कोरोना सङ्क्रमण नियन्त्रणमा सक्रिय थिए ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किए देखि मन्त्री अस्वस्थ भएका थिए ।