धरान : धरानमा आज थप दुई जनामा कोरोना सङ्क्रमण भएको छ ।

आज थपिनेहरूमा धरान यस भन्दा अघि धरान १२ का कोरोना संक्रमित पुरुषको कनट्र्याक्ट ट्रेसिङको क्रममा धरान १० की २३ बर्षीया महिला र धरान १९ को ३१ बर्षीया पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ सय ७२ पुगेको छ ।