झापा : झापाको शिवसताक्षी नगरपालिका-८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।

हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो ।

भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।