धरान : सुनसरीमा अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएका सँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो बेलुका १० जना महिला ४४ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित थपिएका थिए । आज बिहान थपिएका धरानका २ जना १ महिाल र १ पुरुष सहित ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड-१९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

उनका अनुसार हिजो साँझ थपिएकाहरूमा इनरुवाका २६, इटहरीका २१, दुहबीका ७, र आज बिहान धरानमा थपिएका १ महिाल र १ पुरुष सहित ५६ जना कोरोना संक्रमित थपिएका हुन् । सुनसरी जिल्लामा अहिले सम्मकै यो धेरै संक्रमति पहिलो पटक देखिएको हो ।

सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६२ पुगेको छ भने ३ सय ५० जना निको भएका छन् । ४ सय ७ जना सक्रिय संक्रमित रहेको र ५ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ