धरान : धरान-११ मा हिजो घरमै मृत्यु भएका ६५  बर्षीय वृद्धको आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

उनको हिजो मृत्यु भएपछि आज बिहान धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीले मृत्यु भएपछि स्वाब लिइएको थियो । उनको स्वाबको नमुना चाडै नतिजा दिने गरी ल्याबमा परीक्षण गर्दा अहिले ११ बजे कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

मृतक धरान ११ मङ्गलवारे चोकदेखि नजिकै डेरा गरेर बस्ने गर्थे । उनलाई ज्वरो आएको र निमोनिया भएको थियो । हिजो साँझ उनको मृत्यु भएको थियो ।