धरान : कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुलई हरुलाई भर्चुअल मिटिङ वा फोन गरेर गरेर उनीहरूको स्वास्थ्य समस्याको बारेमा जानकारी लिएर परामर्श दिनुपर्ने बताइएको छ ।

आज धरान उपमहानगरपालिकाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा धरान मेडिकल स्टुडेन्टस् टिम र केन्द्रीय प्रविधि क्याम्पस धरानका माईक्रोवायोलोजी र न्युट्रेसन विभागका विद्यार्थीहरूले सो कुरा बताएका हुन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम समुदायमा बढेपछि र कोभिड अस्पतालहरूमा बेडको क्षमतामा कमी हुन थालेपछि समुदायमा आफू कसरी सुरक्षित रहँदै समुदायलाई कसरी सुरक्षित राख्ने विषयमा सर्वसाधारणलाई जानकार बनाउन स्थानीय निकायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा सङ्क्रमितलाई उचित परामर्श दिनुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, कति दिनमा पिसिआर परीक्षण गर्नुपर्ने ? सङ्क्रमितहरूलाई स्वास्थ्य विज्ञहरूको विशेष परामर्शको बारेमा जानकारी गराइएको थियो ।