धरान : सुनसरीमा अहिले सम्मकै धेरै आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो ५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आज ११ जनाले बढेर ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार ७ जना महिला र ६० जना पुरुष गरी जम्मा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरूमा इटहरी उपमहानगरका ५८ जना, धरानका ७ जना, भोक्राहाका १ जना, इनरुवाका १ जना गरी जम्मा ६७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ३० पुगेको छ भने ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । सक्रिय संक्रमित ४ सय ३० जना रहेका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।