झापा : झापास्थित शिवसताक्षी नगरपालिकामा आज एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थित सताक्षीधाम जाने सडकमा सोही ठाउँका २८ वर्षीय गोमनसिंह मगरको घाँटीसंगै शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

घटनाका विषयमा प्रहरीले संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।