धरान : सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ठुलो परिमाणको अवैध औषधी सहित ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनगर १ का ३७ वर्षीय अख्तर मिया, २२ वर्षीय एहरमान अन्सारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट बिना इजाजतको औषधि Nimos-p-२९८० ट्याब्लेट, vibel-४९८० क्याप्सुल, Zenegra Red-८०० ट्याब्लेट ,Nitravet-६० ट्याब्लेट, Spasmo proxyvon -८ ट्याब्लेट, laboat-syrinj Injecrion-४३ थान, पुरुष जीवन क्याप्सुल (१२०, Dermikem oc- १९५ थान मलम, Cetsol Tablet -१२,०००, pantoprazole Gastro resistant-७९० क्याप्सुल, Acelorlam sp-४०० थान ट्याब्लेट, P40-D-३५९० ट्याब्लेट र KT5 Dermcream- ८४ वटा मलम बरामद गरिएको छ ।

पक्राउ परेका तिनै जना र बरामद गरिएको बिना इजाजतको अवैध औषधी आवश्यक कारबाहीको लागी औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।