धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डिनमा प्राध्यापक डा. शिवेन्द्र झा नियुक्त भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम शैक्षिक सङ्काय तर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरू सञ्चालनार्थ प्रतिष्ठानको डीन (शैक्षिक) पदमा बुधबार देखि लागु हुने गरी तिन वर्षका लागि फरेन्सिक विभागका प्राध्यापक डा. शिवेन्द्र झालाई डीन पदमा नियुक्ति गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।