धरान : धरानमा बुधवार साँझ धरान १३ फुस्रेका ११ जना नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भदौ १५ गते एन्फा क्वारेनटाइनमा ९३ जनाको पिसिआर परीक्षणको लागि स्वाब लिइएको थियो । ९३ जना मध्ये १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

कोरोना संक्रमित हुनेहरूमा धरान १३ फुस्रे सैनिक क्याममा कार्यरत १३ जनाको परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित हुने नेपाली सेनाहरूमा ३१,३३,२४,२२,२३,३६,३६,३२,३१,३० र २७ वर्षीय रहेका छन् ।

यसै गरी ५ जना भारतीय सेनामा पनि कोरोना सङ्क्रमण भएको छ । उनीहरू मध्ये १ जना ४३ वर्षीय पुरुष धरान १३ बस्ने संक्रमित एन्फा क्वारेनटाइनमा बसेका छन् भने अरू ४ जना होटेल क्वारेनटाइनमा बसेका छन् । होटेल क्वारेनटाइनमा बस्ने भारतीय सेनाहरूमा धरान १६ का ३९ वर्षका २ जना पुरुष, १ जना २९ वर्षका रहेका छन् । यसै गरी अर्को धरान १७ घर भएका ३० वर्षीय पुरुष रहेको महाशाखा प्रमुख मेहेताले बताएका छन् ।

यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया महिलाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि एन्फा क्वारेनटाइनमा गएर उनले स्वाब दिएका थिए । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ सय ९५ पुगेको छ ।

यसै गरी पछिल्लो समय धरान १३ फुस्रेमा कार्यरत नेपाली सेनामा कोरोना सङ्क्रमण बढी देखिन थालेकोले आज फुस्रेको नेपाली सेनाको क्याम्प र इलाका प्रहरी कार्यालय धरानका ११ प्रहरी सहित १ सय ४७ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।