इटहरी : इटहरी स्थित नमुना कलेजले लकडाउन अबधीको पनी शुल्क तिर्न विद्यार्थी तथा अभिभावकलाई दबाब दिएको पाइएको छ।

कलेजले पढाई नै नभएको लकडाउन अबधिको समेत बिभिन्न बहाना बनाएर शुल्क तिर्न बाध्य बनाएको अभिभावकहरूले गुनासो गरेका छन् ।

कलेजले भने केही घण्टा अनलाइन कक्षा संञ्चालन गरेर शुल्क तिर्न दबाव दिएको हो । विद्यार्थीलाइ परिक्षा हुनसक्ने भन्दै शुल्क तिर्न तथा फर्म भर्न समेत ताकेता गरेको एक विद्यार्थीको गुनासो छ ।

शुल्क नतिरे कलेजबाट निष्कासन गरिदिने भन्दै बारम्बार धम्की आइरहेको एक विद्यार्थीले बताए ।

सरकारले विद्यालय र कलेज सहितका शैक्षिक संस्थाहरु भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेपनि सो कलेजले बिभिन्न शिर्षकमा बिद्यार्थीसँग रकम असुलिरहेको अभिभावकहरु गुनासो गरेका छन ।

सरकारले परिक्षा सञ्चालनका बिषयमा पनि कुनै ठोस निर्णय सार्वजनिक भएको छैन् त्यसैगरी सरकारले बैकल्पिक सिकाइ सहजिरण निर्देशिका २०७७ ल्याएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन् ।

सरकारले अनलाइन कक्षा संचालन गरेको शुल्क दिन सक्ने कुनै प्रष्ट निर्णय समेत नगरेको अबस्थामा सो कलेजले बिभिन्न बहानामा बिद्यार्थी तथा अभिभावकसँग रकम असुलिरहेको छ ।