धरान : धरानमा अहिले बिहान थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ सय ९७ पुगेको छ ।

आज कोरोना संक्रमित हुनेहरूमा धरान १६ का ३३ बर्षीया महिला र धरान १७ का २२ बर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

संक्रमित दुवै धरान १७ को कोरोना सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएको थियो ।