पथरी : धरानका दुईजना, इटहरीका एक जना, झापाको हल्दिवारी, वुद्धशान्ति र बिर्तामोडका ५ सहित १२ जना जुवाडेलाई जुवातास खेल्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू जुवा तास खेल्न ५० किलोमिटर भन्दा बढी दुरी यात्रा तय गरी मोरङ्गकोे कानेपोखरी-७ मा आउने गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा वुद्धशान्तिका श्याम लिम्बू, मनिष लिम्बू बिर्तामोडका लक्ष्मी कुमार तामाङ, सञ्जीव घतानी हल्दिवारीका ताराकुमार जोगी, धरानका किरण उदास र रुपचन लिम्बू लेटाङका समीर तामाङ, इटहरीका राजन पौडेल, बेलबारीका कृष्ण बहादुर लिम्बू,चन्द्र बहादुर लिम्बू र विमल गुरुङ रहेका छन् ।

उनीहरूलाई सूचनाका आधारमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

बुधवार दिउसो कानेपोखरी ७ चौबीस विघेका किशोर लुइँटेलको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरूलाइ पक्राउ गरेको  प्रहरीले जानकारी दिएकाे छ । उनीहरूको साथबाट ३ लाख ५ हजार र ११ थान मोबाइल बरामद गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

जुवा खेल्न पुग्नेहरू कानेपोखरीमा सवारी साधन राख्ने र ३ किलोमिटर दक्षिणको चौबीस विद्ये पुग्ने गरेको गिरीले जानकारी दिए । उनिहरू करिब ५० किलोमिटर दुरी पार गरेर उनीहरू त्यहाँ जुवा खेल्न पुग्ने गरेका गिरीको भनाइ छ ।