धरान : सुनसरीमा आज थप २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमित हुनेहरूमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ५२ पुगेको छ । यो मध्ये ३ सय ९४ जना कोरोना संक्रमित निको भएका छन् भने ४ सय ५२ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।