धरान : प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, सङ्खुवासभामा ६, धनकुटा र तेह्रथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा सङ्क्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा सङ्क्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, बिर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, सङ्खुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमको म्याङ्लुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ६८० पुगेको छ ।

प्रदेश १ बाट आज ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आइसोलेसनबाट ११, काली सदन आईसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आइसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्जाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आइसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आइसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ७४७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।