धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा आज दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार सप्तरीको राजविराज ७ का ५५ वर्षीय पुरुष रहेका छन् । यसै गरी अर्को ५० वर्षीय पुरुष राजगढ गाउँपालिका ६ का रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

५५ वर्षीय पुरुषलाई छिन्नामस्त अस्पताल, सप्तरीले रेफर गरेको र विगत विगत १५ वर्ष देखि मधुमेह र उच्चा रक्तचापको बिरामी थिए । उनको आज दिउसो १ बजेर १५ मिनेटमा मृत्यु भएको बताइएको छ । यसै गरी अर्का ५० वर्षीय पुरुषको उपचारको क्रममा आज दिउसो १ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

वै मृतकको शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ । यो सँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।