धरान : धरानमा आज ४ महिने शिशु सहित ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमित हुनेहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशु छोरी र धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यो सँगै धरानमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ सय पुगेको छ ।