इटहरी : इटहरीमा आज थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इटहरी उपमहानगरका प्रेस संयोजक लीलाराज भट्टराईले दिएको जानकारी अनुसार‌ भाद्र १५ गते स्वाद दिइएकाहरू मध्ये ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएकाहरू इटहरी १२ का १ जना पुरुष (४१), इलाका प्रहरी कार्यालय इटहरीका १ जना पुरुष (२९) सशस्त्र प्रहरी बल पकली का ६ जना पुरुष (२७,३०,३१,३३,३५ र ३६) रहेका छन् ।

इटहरीमा हाल सम्म सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या २२३ जना पुगेको भट्टराईले जानकारी दिए ।