धरान : सुनसरीमा आज थप चार महिने शिशु सहित ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।

आज संक्रमित हुनेहरूमा धरान उपमहानगरपालिकामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नर्स ४ महिने महिने शिशु छोरी, धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यसै गरी इटहरी उपमहानगरपालिमा ८ जना पुरुष,बराहक्षेत्रमा १ जना पुरुष, कोशी गाउँपालिकामा १ जना महिला, इनरुवा नगरपालिकामा १, महिला १ पुरुष गरी २ जना, दुहबीमा ११ जना, देवानगन्जमा १ जना, बर्जुमा १ जना, गढीमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८५ पुगेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले जानकारी दिएका छन् । उनका अनुसार ३९४ जना निको भईसकेका छन् भने ४८५ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् । सुनसरीमा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

ठेगाना अन्त लेख्दा समस्या :
धरानमा आज धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या ६ जनामा देखिएको छ ।

आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाईनो वार्डमा कार्यरत एक २४ बर्षीया नर्स, उनको चार महिनाको शिशु, उनको २८ वर्षीय श्रीमान् र ६० बर्षीया सासूमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसै गरी धरान ११ का ८५ वर्षीय पुरुष, धरान ११ शिवजी चौकका ३७ वर्षीय पुरुषमा गरी ६ जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको छ ।

बीपी भित्रका नर्सको परिवारले धरान बाहिरको ठेगाना उल्लेख गर्नाले र धरान ११ का ३७ वर्षीय सङ्क्रमितलाई खोज्न निकै समस्या भएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । तर बीपीका २५ बर्षीया नर्स र उनको श्रीमान्, सासू धरानमै बस्दै आएकोले उनीहरूको गणना धरानमै गरिएको छ । तर स्वास्थ्य कार्यालयले भने दुहबी र उनीहरूले जहा जहाको ठेगाना उल्लेख गरेका थिए त्यहानै गणना गरेको पाइएको छ । यसले गर्दा जिल्लाको कोरोना सङ्क्रमितहरूको सङ्ख्या तलमाथि पर्ने गरेको बताइएको छ ।