धरान : सुनसरीमा ९७ प्रहरीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएको तथा कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोनाको सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका सेवाहरू प्रवाहहरू रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीको हिरासतमा रहेको अभियुक्त तथा र चमेना गृहका सञ्चालन गरीरहेका व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृति मुद्दा बाहेकका सेवा रोकिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

उनले भने 'समाजमा आघात पुग्ने गम्भिर प्रकृतिका केसहरू छन् भने लिन्छौ' तर, सामान्य झैँ–झगडा तथा छलफलबाटै समाधान हुनसक्ने केसहरू लिएर कार्यालयमा आवतजावत नगर्न समेत थापाले अनुरोध गरेका छन् ।

टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेकाले आवश्यक सेवा त्यहीबाट पनि लीन सकिने भएकाले सकेसम्म कार्यालयमा नआउन आग्रह गरेँ ।

शुक्रवार प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र अन्य सुरक्षाकर्मीको पीसीआर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण भएर हाल प्रहरीहरू आइसोलेसनमा रहेका छन् । हालसम्म सुनसरीमा ९७ जना प्रहरीहरूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

कार्यालयमा भएको जनशक्ति सीमा नाका, सडकमा, केही जनशक्ति सङ्क्रमित भएर आइसोलेसनमा हुँदा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू पूर्ण रूपमा प्रवाह कठिन भएको उनले बताए ।

उनले  नागरिक पनि सादा पोसाकका प्रहरी नै भएकाले आफू सँग रहेका सूचना दिएर प्रहरीलाई सहयोग गर्ने आग्रह गरे ।