धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार विराटनगर ११ का ४३ बर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई भदौ १८ गते बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए । उनको हिजो साँझ ६ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या, पेट र छाती दुख्ने र उच्च रक्तचापको समस्या रहेको थियो ।
मृतकको शवको व्यवस्थापनका लागि समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।