धरान : धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हेल्थ एड सहित थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमित हुनेहरूमा धरान २ निकेतन स्कुल नजिकैका १ जना ३३ वर्षीय पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डको युनिट २ का तीन जान हेल्थ एड मध्ये ३८ बर्षीया २ जना महिला र अर्को धरान १५ महादेव चौक घर भई सोही वार्डमा कार्यरत ४० बर्षीया हेल्थ एडमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७ पुगेको छ ।