पथरी  : मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कनट्याक्ट ट्रेसिङ’ का आधारमा पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

भदौ १७ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा २ पुरुषमा कोरोना सङ्क्रमण देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।

जसमा वडा नम्बर १ का ३७ र ४६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरूको हालको अवस्था सामान्य रहेको आचार्यले बताएका छन्।