धरान : अनलाइन कक्षाको शुल्क लिनेबारे महेन्द्र बहुमुखी क्याम्पस धरानले सूचना जारी गरेपछि अनेरास्ववियुले आपत्ति जनाएको छ ।

कोरोना महामारीको समयमा विद्यार्थीहरूलाई शुल्क तिराउने भने पछि धरान महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियू क्याम्पस कमिटविरोध गर्दै आज एक विज्ञप्ति जारी गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानले हिजो एक सूचना जारी गरी भदौ २८ गते देखि पेइङ्ग अन्तर्गतका, अनलाइन कक्षाहरू सञ्चालन गर्ने र विद्यार्थीहरूलाई आधा शुल्क नेपाल बैङ्क लिमिटेडमा शुल्क जम्मा गर्न र बाँकी रकम फारम भर्दा बुझाउन सूचित गरेको थियो ।

अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले यस औपचारिक रूपमा लागु गरेको निर्णयलाई स्वागत गरेको छ । तर क्याम्पस प्रशासनसँग मिति २०७७ भदौ १९ गते अनलाइन कक्षा सञ्चालनका सम्बन्धमा बसेको बैठकमा शुल्क सम्बन्धी कुनै पनि निर्णय नभएको सङ्गठनले दाबी गरेको छ ।

क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई आधा शुल्क तिराउने भनी सूचना प्रकाशित गरे पछि अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले घोर आपत्ति जनाएको हो । साथै यस सूचनालाई सच्याई विद्यार्थीहरूलाई सौहार्दपूर्ण वातावरणमा कक्षा सञ्चालन गर्न पनि माग गरेको छ ।

समग्र अर्थतन्त्र नै तहसनहस भइरहेको अवस्थामा विद्यार्थीहरूले शुल्क तिर्न र बुझाउन असमर्थ रहेकाले विद्यार्थीहरूलाई कुनै शुल्क नलिई कक्षा सञ्चालन गर्न विशेष माग पनि अनेरास्ववियुले गरेको छ । सूचना नसच्याई क्याम्पस प्रशासनले कार्यक्रम अघि बढाए, त्यसबाट उत्पन्न हुनसक्ने कुनै पनि परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासनले लिनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

Akhil