पथरी : बालिका अपहरण गरेको आरोपमा प्रहरीले अपहरणमा संलग्न ३ जना र अपहरणमा प्रयोग गरिएको २ वटा एम्बुलेन्स पनि नियन्त्रणमा लिएको छ ।

अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले पथरीशनिश्चरे-८ का सुजन रणपहेली सँगै एम्बुलेन्स चालकहरू पथरी शनिश्चरे-६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई एम्बुलेन्स सहित पक्राउ गरेको हो ।

अपहरणकारीले बालिका सँग २ लाख नगद रहेको सुइँको पाएपछि नगद सहित बालीकालाई अपहरण गरेका प्रहरीले जानकारी दिएको छ । । वालिकाकी आमाले गएको केही दिन अघि मात्रै पथरी बजारको एक फाइनान्सवाट सो रकम ऋण लिएर बालिकालाई राख्न दिएको प्रहरीले जानकारी दिएको छ ।

अपहरणमा परेकी वालिकालाई जबरजस्ती एम्बुलेन्स हालेर लैजाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगा वाट प्रहरीले उद्धार गरेको छ भने तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अपहरण कार्यमा संलग्न सुजनले ती वालिका अपहरण गर्न दुई वटा एम्बुलेन्स प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जनाए ।

रणपहेलीले वालिकालाई पथरी बजारबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा हालेर इटहरी पुर्‍याएको र त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा थिए ।