धरान : इलाका प्रहरी कार्यालय धरानको ५ जना थुनुवा सहित ६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय धरानको ५ जना थुनुवा र अर्को प्रहरीले सोधपुछका लागि राखेको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका थुनुवाहरू धरान-१३ का २० वर्षीय पुरुष, धरान-१५ का ३ जना २९, १९ र २३ वर्षीय पुरुष र इटहरीका ३० वर्षीय पुरुष रहेका छन् । अर्का एक जना खोटाङका २६ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई भने प्रहरीले सोधपुछकालागि राखेको बताइएको छ ।

कोरोना संक्रमित थुनुवाहरू यस भन्दा अघि इलाका प्रहरी कार्यालय धरानमा कोरोना पोजेटिभ भएका थुनुवाको कन्ट्याक ट्रेसिङका हुन र उनीहरूलाई अलग्गै राखिएको इलाका प्रहरी कार्यालय धरानको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

आज संक्रमित ४ जना थुनुवा सहित धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ ।