इटहरी : सुनसरीको देवानगंज-२ बस्ने ३० बर्षीय सन्त कुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको हो ।