धरान सुनसरीमा आज ७८ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा हिजो साँझ धरानमा थपिएका ६४ जना र आज बिहान थपिएका ७ जना सहित  ७१ जना, इटहरी उपमहानगरपालिकाका ७ जना (५ जना महिला र २ जना पुरुष) सहित आज सुनसरी जिल्लामा अहिले सम्म ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड-१९ की फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।

आज थपिएका सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ सय ८० पुगेको छ जस मध्ये ४ सय १७ जना निको भएका छन् भने ५ सय ५७ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।