धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कनकाई ३ झापाकी ४५ बर्षीया महिलाको उपचारको क्रममा भदौ १८ गते कोरोना पोजेटिभ देखिएको थियो । मेची अस्पताल झापाले बीपीमा रेफर गरेको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कमजोरी, कब्जियतको समस्या र ज्वरो सँगै श्वासप्रश्वासमा समस्या देखिनुको साथै निमोनिया पनि भएको थियो । उनी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा आज बिहान १०ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकको शव व्यवस्थापनका लागि समन्वय भइरहेको बताइएको छ ।