धरान : इलाका प्रहरी कार्यालय धरानका थुनुवामा कोरोना सङ्क्रमण देखिए पछि आवतजावतमा कडाइ गर्दै चमेना गृह बन्द गरिएको छ ।

आज इलाका प्रहरी कार्यालय धरानका ४ थुनुवामा कोरोना सङ्क्रमण देखिएको थियो । अहिले सम्म धरानमा ५ जना थुनुवामा कोरोना सङ्क्रमण भएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा दैनिकरुपमा प्रवाह गरिने सेवाहरू रोकिएको अति आवश्यक तथा गम्भीर केसहरूलाई पहिलो प्राथमिकतामा राखी आवतजावतमा कडाइ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

चमेना गृहमा काम गर्ने कर्मचारीलाई पनि कोरोना देखिए पछि चमेना गृह बन्द गरिएको हो । हाल १६ जना पुरुष प्रहरी हिरासतमा छन् । अहिले थुनुवालाई भेट्न पूर्ण रोक लगाएको ओलीले बताए ।

हामी सबै चमेना गृहमा नै खाजा खान्थ्यौँ थुनुवालाई ओहोर दोहरो गर्दा प्रयोग भएको गाडी अदालत लानु प्रयोग गरिएको हुँदा प्रहरीको पीसीआर परीक्षण गर्ने तयारीमा छौ । इलाका प्रहरी कार्यालयमा कार्यरत १ जना प्रहरी हवलदार र एक जना प्रहरी जवान सहित ५ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।