इटहरी : गछिया जेसिजले सुरु गरेको 'चुल्हो बाल्ने' अभियान अन्तरगत २ हजार परिवारलाई राहत वितरण गरेको जानकार दिएको छ ।

गछिया जेसिज र सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले संयुक्त रूपमा सञ्चालन गरिरहेको चुल्हो बाल्ने अभियानमा शनिवार सबैभन्दा धेरै ६ सय घरपरिवारले राहत पाएका हुन् ।

संयोजक नवीन बरालका अनुसार अभियानमा पारिजात युवा समूह, आसा नेपाल र बोधराज कन्स्ट्रक्सन प्रालीले सहयोग प्रदान गरेका छन् । त्यस बाहेक विभिन्न सामाजिक संस्था तथा व्यक्ती बाट सहयोग प्राप्त भएको उनले बताए ।

ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारको चुल्हो बाल्ने उद्देश्यले राहत वितरण अभियान थालिएको उनको भनाइ छ । पहिलो चरणको लकडाउनमा स्थानीय तहले राहत वितरण गरे पनि यस पटक भने कहिकतै बाट राहत उपलब्ध हुन नसकेको बुझेर अभियान सुरु गरिएको उनको भनाइ छ ।

पहिलो चरणमा लकडाउनको केही दिनपछि नै जनताको घर घरमा गए पनि अहिलेको विषम परिस्थितिमा यो अभियानले थप सहयोग पुगेको वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य प्रसाद सिटौलाले बताए । यो महाअभियानमा अन्य संस्थाले पनि सहयोग जारी रहेकोले निम्न वर्गीय जनताको घरमा चुल्हो बाल्न लागिपर्ने गछिया जेसिजका कानुनी सल्लाहकार नवराज पोखरेलले बताए।