धरान : सुनसरीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिकामा ८ पुरुष, २३ महिला सहित ४० जना, इटहरी उपमहानगरपालिकामा ७ पुरुष ३ महिला सहित १० जना र गढी गाउँपालिकामा १ पुरुष १ महिला सहित २ जना गरी जम्मा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २३ पुगेको छ भने ४ सय १७ जना निको भएका छन् भने ६ सय ९ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म सुनसरीमा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ ।