धरान : धरान १८ को बुद्ध चोक स्थित कान्तिपुर होटेलमा यही साउन २६ गते भएको जबरजस्ती करणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलेको छ ।

मोबाइलबाट डिटेल भएको भिडियो लाई रिकभर गरेर प्रहरीले अनुसन्धानलाई निकै तीव्र बनायो । रिकभर गरेको भिडियो अनुसन्धानमा मोरङ घर भएकी १६ वर्षीय बालिकाले बनाएका खुलेको प्रहरी स्रोतले जनाएको छ ।

मोबाइलबाट डिटेल गरिएको हु“दा रिकभर गर्ने तथा भिडियो कसले ? कसरी ? किन ? कहाँबाट ? र कुन प्रक्रियाले बनाएको ? भनी अनुसन्धान गर्दा मोबाइल होटलको कोठामा योजनाबद्ध ढङ्गले राखी यौन सम्बन्धको भिडियो बनाइएको पाइएको छ । भिडियो को अन्तिममा पीडित केटीले २ हजार नगद समेत लिएको देखिएको पाइएको प्रहरीले जनाएको छ ।

बालिकालाई ललाइ फकाइ गरी होटेलमा ल्याइ जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिएकी थिइन । जबरजस्ती करणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ वर्षीय एमके होमियो मेडिकल हलका सञ्चालक समेत रहेका मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

धरानको होटलमा आलम र बालिका बिच भएको यौन गतिविधिको भिडियो देखाएर दुई युवाले बार्गेनिङ सुरु गरे । उनीहरूमध्ये एकले आफू इन्स्पेक्टर भएको धरानबाट आएको भन्दै प्रहरीको मोनोग्राम भएको कालो छडी देखाएका थिए । “छडी देखाउ“दै युवाले आलमलाई भने “-धरानको होटलमा के गरेको ह“, भिडियो म सँग छ , म प्रहरी हुँ सक्छौ भने ३ लाख दिएर मिलाऊ, नभए केस लाग्छ तिमीलाई गाह्रो हुन्छ है मिलाइ हाल ” भनेर औठा छाप समेत गरेका थिए ।

आलमले आफूसँग बार्गेनिङ गरेको भन्दै प्रहरीमा उजुरी दिँदा आफै पक्राउ परे । त्यस पछि यौन भिडियो बनाएर बार्गेनिङ गरेको आरोपमा दुई युवा पक्राउ परे । पक्राउ पर्नेमा इटहरी २ का २१ वर्षीय समीर मगर भन्ने सन्दीप देवान र रामधुनी ५ का ३४ वर्षीय डन दाइ भन्ने गणेश दर्जी रहेका छन् । उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन् ।

सुनसरीका प्रहरी प्रमुख कमल थापा अनुसार प्रहरीले अनुसन्धानको सबै कुरा सार्वजनिक गर्दा प्रहरीलाई अनुसन्धानमा असर पर्ने बताउँदै जबरजस्ती करणी प्रकरण र भिडियो बार्गेनिङमा प्रहरीलाई चाहिने प्रमाणहरू यथेष्ट छन् तर, पीडितको उमेर नपुगेकाले सबै कुरा भन्न नमिल्ने बताए ।