धरान : धरानमा आज साँझ थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज संक्रमित भएका दुई जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डको युनिट २ मा कार्यरत हेल्प एडको दुई जना १६ बर्षीया छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

आज ४ जनाको रिपोर्ट पोजेटिभ आएको भए पनि दुई जना पहिले नै कोरोना सङ्क्रमण भएर फलोअपमा रहेका दुई जना सङ्क्रमितको रिपोर्ट पनि पोजेटिभ आएको प्रमुख मेहेताले बताए । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७७ पुगेको छ ।