झापा : गौरादह नगरपालिका भित्र रहेका पत्रकारहरु संगठित भएका छन।

नगरपालिका भित्रका पत्रकारहरु वडा नं -१ को सभाहलमा जम्मा भई संचार क्लब गौरादह गठन गरि पत्रकारहरुको छाता संगठन गठन गरेका हुन।

नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा सन्तोष बिष्ट,सचिवमा सान नेपाल,सह-सचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा शान्ती सुब्बा रहेकी  छन्।

उक्त भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैरि सोही भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का,दिनेश दंगाल युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक,हित र संरक्षणका बिषयमा काम गर्ने नविनिर्वाचीत अध्यक्ष अधिकारीले बताए । समितिले संस्थाको दर्ता प्रक्रियाका साथै आवश्यक पर्ने काम गर्ने जनाईएको छ ।

भेला पत्रकार मंच दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । अनलाइन बिचारका प्रकाशक,सम्पादक डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए। ॐकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्का र बैकल्पिक खबर डटकमका प्रकाशक सम्पादक दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन ॐकार टाइम्सका सम्पादक सान नेपाल सन्चालन गरेका  थिए ।