धरान: धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

आगामी ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्वितिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषाध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, सुमित्रा वेजु श्रेष्ठ, मेहरलाल श्रेष्ठ याकाछे, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएका छन् ।

संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमितिमा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष रहने प्रवधान रहेको निर्वाचन अधिकृत तथा निवर्तमा अध्यक्ष ललितमान् श्रेष्ठ तखाछेंले बताए ।

धुलिखेल पुर्खैाली थलो भएर धरानमा बसोबास गर्ने नेवार समुदायको साझा संस्थाको रुपमा स्थापना भएर २०६१ सालदेखि विभिन्न समामाजिक कार्यहरु संचालन गर्दै आएको छ । संस्थाको सदस्यहरुको सहयोगमा धरान १ मा आफ्नै भवनमा सचिवालय र विभिन्न कार्यक्रम संचालन गर्नका लागि सभाहल समेत संचालन गर्दै आएको छ ।