सुनसरी : सुनसरी कोशी गाउँपालिका-३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन ।

साेमबार दिउसो ३ बजे कोशी गाउँपालिका-३ मै झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।

निजले बोकेको झोला खोलेर हेर्दा ५० बोतल DIALEX-DC, ५०० ट्याब्लेट Nitrosun र २८८ क्यापसुल SPASMO-PROXYVON फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।