धरान : इलाका प्रहरी कार्यालय धरानका एक जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भदौ १८ गते हातहतियार तथा विस्फोटक पदार्थको मुद्दामा पक्राउ परेका दैलेख घर भएका ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
उनी विप्लवको कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

उनलाई अदालत पेस गर्नका लागि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डिएसपी बस्नेतले बताए । उनलाई पक्राउ गरेर ल्याए देखि नै अलग्गै राखिएको बताइएको छ । यो सँगै इलाका प्रहरी कार्यालय धरानमा कोरोना संक्रमित थुनुवाको सङ्ख्या ७ पुगेको छ ।