धरान : सुनसरीमा आज थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार आज यो समाचार तयार पारुन्जेल कोशी गाउँपालिकामा २ महिला १ पुरुष सहित ३ जना, इनरुवामा १ जना पुरुष, रामधुनी नगरपालिकामा १ जना पुरुष, दुहबी नगरपालिकामा ८ जना पुरुष, ४ जना महिला गरी १२ जना, धरान उपमहानगरपालिकामा २ जना पुरुष र इटहरी उपमहानगरपालिकामा ८ पुरुष, १० महिला सहित १८ जना गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७५ पुगेको छ । अहिले सम्म सुनसरीमा ४ सय २२ जना निको भएका छन् भने अहिले जिल्लामा ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म सुनसरीमा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।