धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी गरिएको निषेधित क्षेत्रलाई थप खुकुलो पारी आज देखि दिउसो २ बजे सम्म बजार पसल खुल्ला गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको डिसिसिएमसीको बैठकले यस भन्दा अघिको निषेधित क्षेत्र भन्दा केही परिवर्तन गरी निषेधित क्षेत्रलाई खुकुलो पारी आज देखि बजार पसल दिउसो २ बजे सम्म खुल्ला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले बताए ।

यस भन्दा अघिको निर्णयले बिहान १० बजे सम्म मात्र बजार पसल खोल्ने निर्णय गरिएकोमा उद्योगी, व्यवसायी तथा अन्य समेतको मागका कारण आज देखि २ बजे सम्म बजार पसल खुल्ने निर्णय भएको हो । बजार पसल खोल्दा नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने छ ।

सैलुन, ब्युटी पार्लर, स्पा, व्यायामशाला, होटल तथा रेस्टुरेन्टले 'टेक अवे ' विधिलाई प्रयोग गर्नुपर्ने र ग्राहक स्वयं आएर प्याकिङ गरी लैजान पाउनेछन् । फुटपाथमा सामान बिक्री गर्न र दैनिक तथा साप्ताहिक हाट बजार अर्को व्यवस्था नहुन्जेल निषेध हुने जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Suchana 1